पूरा भिडियो हेर्नुहोस ?- https://www.facebook.com/gole.samaja.bhedpu/videos/2394436551005391/?sfnsn=mo&mibextid=6AJuK9

गोले समाज भेडपु द्वारा सोनाम ल्होछार २०८२ को अवसरमा शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय बासी, समाजका पदाधिकारी तथा अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा तामाङ समुदायको मौलिक पहिचान झल्काउने परम्परागत नृत्य, सांस्कृतिक झाँकी, भेषभूषा तथा गीत–संगीत प्रस्तुत गरिनुका साथै ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएको थियो। सहभागीहरूले सोनाम ल्होछारले आपसी सद्भाव, एकता र सांस्कृतिक संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

गोले समाज भेडपुले यस्ता कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो संस्कृति, भाषा र परम्पराबारे जागरूक बनाउने विश्वास व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्ता सांस्कृतिक गतिविधिहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *