काठमाडौँ, जेठ २० – काठमाडौँ महानगरपालिका नगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशी नगर प्रहरी वरिष्ठ उपरीक्षक (SSP) पदमा बढुवाहुनु भएका छन्। महानगर कार्यपालिकाको निर्णयअनुसार जोशीलाई नगर प्रहरी उपरीक्षक (SP) बाट वरिष्ठ उपरीक्षक (SSP) पदमा पदोन्नति गरिएको हो। महानगर कार्यपालिकाले गत जेठ ३ गते नै जोशीलाई एसएसपी पदमा बढुवा गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा आज दर्ज्यानी चिन्ह पाएका हुन् । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलको उपस्थितिमा उनलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँईले दर्ज्यानी चिन्ह लगाइदिएका हुन् । Post navigation संविधान संशोधन बहस : नेकपाको प्रत्यक्ष कार्यकारी प्रस्ताव, कांग्रेस संसदीय प्रणाली बलियो बनाउने पक्षमा कोशी प्रदेशले ल्यायो ४० अर्ब ४४ करोड ५८ लाख