विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४० अर्ब ४४ करोड ५८ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले उक्त आकारको बजेट ल्याएका हुन् । जसमा चालूतर्फ १३ अर्ब ९७ करोड ६३ लाख, पुँजीगत तर्फ २० अर्ब ७५ करोड ९९ लाख र वित्तीय व्यवस्था तर्फ १५ करोड, वित्तीय हस्तान्तरण ५ अर्ब ५६ करोड ३६ लाख रुपैयाँ रहेको छ । यो बजेट चालू आर्थिक वर्षको भन्दा १२।७४ प्रतिशतले बढी हो । मन्त्री लिङ्थेपले उक्त खर्च व्यहोर्ने स्रोतमा आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड, राजस्व बाँडफाँडबाट १२ अर्ब ८७ करोड, सङ्घबाट आउने वित्तीय समानीकरणबाट ९ अर्ब १२ करोड, सशर्त अनुदान ५ अर्ब ९५ करोड, समपूरक ६४ करोड, विशेष अनुदान ५५ करोड, रोयल्टीबाट प्राप्त हुने रकम ४१ करोड, सोझै भुक्तानीबाट २० करोड र बाँकी अपुग रकम नगद मौज्दातबाट ५ अर्ब व्यहाेरिने उल्लेख गरे । Post navigation काठमाडौँ महानगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशी एसएसपी (SSP) पदमा बढुवा गृहमन्त्री सुदन गुरुङले प्रहरीको पोसाक खरिदमा हुने भ्रष्टा”चार रोक्न अब सम्बन्धित सुरक्षाकर्मीलाई नै पोसाक किन्न पैसा दिने तयारी गरेको बताएका छन्।