मेरा पुराना लेखहरू पढ्नुहुने पाठकहरूलाई म डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालका विदेश नीतिको समर्थक होइन भन्ने राम्रोसँग थाहा छ । ग्रीनल्याण्ड कब्जा गर्नेदेखि क्यानडालाई अमेरिकामै गाभ्ने धम्की दिनेसम्म, त्यसैगरी एकतर्फी असाध्यै ठुलो मात्रामा भन्सार महसुल बढाउनेदेखि लिएर असफल इरान युद्धसम्म ट्रम्पका गतिविधि र निर्णयहरू लापरबाही, अराजक मात्रै नभएर गहिरो अस्थिरता फैलाउने खालकै देखिएका छन् । यसबारे मैले आफ्नो प्रस्ट धारणा राख्दै आएको छु । यी तमाम निर्णयहरूका बिचमा उनीसँग एउटा महत्त्वपूर्ण क्षेत्रमा भने मेरो साझा धारणा रहन पुगेको छ । त्यस्तो निर्णय सही बुझाइको स्तरमा मात्रै नभएर नीतिगत रूपमा पनि सम्भवतः सही नै हो भन्ने लाग्छ । त्यो हो– अमेरिका–चीन सम्बन्ध । Post navigation सोनाम ल्होछार शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम २०८२ गोले समाज भेडपु आयकरमा कर छुट सीमा : साँच्चै नपुगेकै हो त ?